National life

आज किराँत समुदायले उँधौली पर्व धूमधामसँग मनाउँदै, देशभर सार्वजनिक बिदा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१८ मंसिर २०८२, बिहिबार
455Shares
आज किराँत समुदायले उँधौली पर्व धूमधामसँग मनाउँदै, देशभर सार्वजनिक बिदा
ncell

काठमाडौं । आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पितृको मान र प्रकृतिको सम्मानस्वरूप किराँत समुदायले आज उँधौली पर्व देशभर उत्साहका साथ मनाउँदैछन्। किराँत समुदायभित्रका विभिन्न समूहले यो पर्व फरक फरक नामले मनाए पनि यसको मूल भाव एकै हो।

याक्खा समुदायले चासुवा, सुनुवारले फोलस्यादर, राईहरूले उँधौली सकेला, र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा यही उँधौली पर्व मनाउँछन्। लिम्बू समुदायले चासोक तङ्नाम तीन दिनअघि नै सुरु गरिसकेका थिए।

Royal Enfield
nic asia capital
आज भने समग्र किराँत समुदायले संयुक्त रूपमा उँधौली सकेला मनाइरहेका छन्।

बिहानैदेखि किराँत पुरुष–महिला जातीय वेशभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच गर्दै पूजा स्थलमा पुग्ने गर्छन्। पर्व र रीतिरिवाज एउटै भए पनि भाषा र परम्परा अनुसार नामाकरणमा भिन्नता रहेको पाइन्छ।

ललितपुरको सानो हात्तीवन किराँतकालदेखि नै महत्वपूर्ण धार्मिक तीर्थस्थल मानिन्छ, जहाँ आज विशेषरूपमा उँधौली पर्व मनाइँदैछ। लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई इष्टदेवता मान्छन् भने किराँतहरू तागेरा निङ्वाफुमाङलाई अदृश्य शक्ति स्वरूप पूजा गर्छन्। तागेरा निङ्वाफुमाङको मूर्ति नबनाइने विश्वास रहेको छ।

पूजापछि किराँत समुदायले परम्परागत चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नृत्य प्रस्तुत गर्दै उत्सव मनाउने गर्दछन्। यस अवसरमा सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगितासमेत आयोजना गरिन्छ।

उँभौलीमा कृषि उत्पादन राम्रो होस् भनेर प्रार्थना गरिने र उँधौलीमा उत्पादन राम्रो भएको कृतज्ञतास्वरूप साकेला (भूमे) लाई धन्यवाद दिने परम्परा छ। वातावरणअनुकूल जीवनशैलीसँग पनि यो पर्व जोडिएको बताइन्छ—जाडोयाममा तल झर्ने र गर्मीमा माथि लेकतिर बसाइँ सर्ने सांस्कृतिक प्रचलनलाई यिनै पर्वसंग जोडिन्छ।

खस आर्य समुदायको धान्य पूर्णिमा, नेवार समुदायको य: मरि पुन्हि (योमरी पूर्णिमा) र किराँतहरूको उँधौली पर्वको मूल भाव पनि समान छ । नयाँ अन्नबाली भित्र्याएर इष्टदेवता र पितृलाई चढाउने र कृतज्ञता व्यक्त गर्ने परम्परा।

 

यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?