National life

आज यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१३ पुस २०८२, आइतबार
1.2kShares
आज यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
ncell

काठमाडौँ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज शिखर इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

यी सबै कम्पनीले पुस १४ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

Royal Enfield
nic asia capital

शिखर इन्स्योरेन्स कम्पनीले गत आवका लागि ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले गत आवका लागि ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २०.२६६२ लाभांश घोषणा गरेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले गत आवका लागि ६.३१५८ प्रतिशत नगद लाभांश (करसहित)को प्रस्ताव गरेको छ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले पनि आव २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२३६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।

कुथेली बुखरी स्मल हाइड्रो कम्पनीले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?