National life

आज साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने, के रहला सन्देश ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८२, बिहिबार
370Shares
आज साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने, के रहला सन्देश ?
ncell

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा पहिलो सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, प्रधानमन्त्रीले साँझ ६ बजे देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

गत भदौ २७ गते पदभार ग्रहण गरेकी प्रधानमन्त्री कार्कीले आफ्नो पहिलो सम्बोधनमा भदौ २३–२४ गतेको जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थिति, प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनी, त्यसको पुनर्निर्माण, तथा तत्कालीन सरकार पक्षबाट भएको दमन लगायतका विषय समेट्नेछिन्।

प्रधानमन्त्रीले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी र राजनीतिक दलहरूबिच सहमति तथा समझदारी आवश्यक रहेको कुरामा देशवासीलाई जानकारी दिनेछिन्।

Royal Enfield
nic asia capital
साथै, निर्वाचनको सुरक्षित र पारदर्शी वातावरण बनाउन सबै पक्षलाई आह्वान गरिनेछ।

साथै सम्बोधनमा, आन्दोलनका क्रममा ज्यान गुमाएका ७४ जनाको परिवारलाई राहत, घाइतेहरूको निःशुल्क उपचार र पुनर्निर्माण कार्यक्रमसम्बन्धी जानकारी पनि दिइनेछ। सरकारले यसअघि नै प्रतिमृतक परिवारलाई राहतको रूपमा १५ लाख रुपैयाँ, घाइतेहरूको उपचार निःशुल्क गरिने निर्णय गरिसकेको छ।

प्रधानमन्त्रीको सम्बोधनले राष्ट्रका नाममा पहिलो पटक नागरिकसँग सिधा संवाद गर्ने अवसर प्रदान गर्ने भएकाले आम जनताको ध्यान यसमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
370SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?