National life

आज ११ कम्पनीको एजीएम हुँदै : बोनस सेयर र नगद लाभांशको निर्णय पारित गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२९ पुस २०८२, मङ्गलबार
1.2kShares
आज ११ कम्पनीको एजीएम हुँदै : बोनस सेयर र नगद लाभांशको निर्णय पारित गरिने
ncell

काठमाडौं । लाभांश तथा अन्य महत्वपूर्ण प्रस्ताव पारित गर्न आज (पुस २९ गते) ११ कम्पनीहरूको वार्षिक साधारणसभा (एजीएम) एकै दिन बस्दैछ। बैंकिङ, बीमा, लघुवित्त र जलविद्युत् क्षेत्रका यी कम्पनीहरूले बोनस सेयर तथा नगद लाभांशसम्बन्धी प्रस्ताव साधारणसभामार्फत पारित गर्ने तयारी गरेका हुन्।

आज साधारणसभा बस्ने कम्पनीहरूमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, अपी पावर कम्पनी लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन्।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Royal Enfield
nic asia capital
यसको साधारणसभा बिहान ११ बजे मकवानपुरको हेटौंडास्थित होटल समाना प्रा.लि.को सभा हलमा बस्दैछ। कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा बिहान ११ बजे काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल बैंक्वेटमा आयोजना हुनेछ। यस कम्पनीको बुक क्लोज पुस १८ गते रहेको छ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसको साधारणसभा बिहान १०:३० बजे मोरङको कटहरी–०२ स्थित केन्द्रीय कार्यालयमा बस्नेछ। कम्पनीले पुस २१ गते बुक क्लोज गरेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा आयोजना हुनेछ। बुक क्लोज पुस २० गते गरिएको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा बिहान ११ बजे गैरीधारास्थित एलिस रिसेप्सन, काठमाडौंमा बस्दैछ। बुक क्लोज पुस २१ गते गरिएको हो।

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले १० प्रतिशत बोनस सेयर र ०.५२३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यसको साधारणसभा दिउँसो २:३० बजे थापागाउँ, नयाँ बानेश्वरस्थित काठमाडौं बैंक्वेट प्रा.लि.मा आयोजना हुनेछ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ६.३१५८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा बिहान ११ बजे टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बस्नेछ। बुक क्लोज पुस १४ गते गरिएको छ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे थापाथलीस्थित शिखर बिज सेन्टरमा रहेको कम्पनीको प्रधान कार्यालयमा बस्नेछ। बुक क्लोज पुस १४ गते रहेको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा बिहान ११ बजे गैरीधारास्थित सिल्भर ओक बैंक्वेट एण्ड इभेन्ट सेन्टर, काठमाडौंमा आयोजना हुनेछ। बुक क्लोज पुस २१ गते गरिएको छ।

अपी पावर कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभा बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेट, काठमाडौंमा बस्नेछ। कम्पनीको बुक क्लोज पुस १८ गते रहेको छ।

त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यसको साधारणसभा बिहान १० बजे कास्कीको पोखरा लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रा.लि.मा आयोजना हुनेछ। कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?