National life

आन्तरिक ऋण संकलन सुरु, नागरिक बचतपत्र खरिदका लागि आवेदन खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२५ कात्तिक २०८२, मङ्गलबार
1.2kShares
आन्तरिक ऋण संकलन सुरु, नागरिक बचतपत्र खरिदका लागि आवेदन खुला
ncell

काठमाडौं । सरकारले चालू आर्थिक वर्षका लागि आन्तरिक ऋण संकलन प्रक्रिया सुरु गरेको छ । यसअन्तर्गत अर्थ मन्त्रालयको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार ‘नागरिक बचतपत्र २०८७’ निष्काशन सम्बन्धी सूचना जारी गर्दै कुल साढे २ अर्ब रुपैयाँ बराबरको ऋण उठाउन आवेदन आह्वान गरेको छ ।

सूचनाअनुसार उक्त बचतपत्रमा वार्षिक साढे ६ प्रतिशत ब्याज दर तोकिएको छ । ब्याजको भुक्तानी प्रत्येक छ–छ महिनामा गरिनेछ ।

Royal Enfield
nic asia capital
नागरिक बचतपत्र खरिद गर्न इच्छुक व्यक्तिले न्यूनतम १० हजार रुपैयाँदेखि आवेदन दिन सक्नेछन् । अधिकतम सीमा भने निष्काशन रकमको सीमा नबढाई १० हजारले भाग जाँदा निस्‌शेष आउने अंकसम्म निर्धारण गरिएको छ ।

आवेदन आज (मंगलबार)देखि एक महिनाभित्र दिन सकिनेछ । ऋणपत्रको मूलधन (साँवा) भुक्तानी भने २०८७ साल मंसिरमा हुने उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?