National life
cg eloctronics

आन्तरिक हवाई इन्धन घट्दा सबै गन्तव्यको भाडामा राहत, कहाँ कति सस्तियो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१८ पुस २०८२, शुक्रबार
921Shares
आन्तरिक हवाई इन्धन घट्दा सबै गन्तव्यको भाडामा राहत, कहाँ कति सस्तियो ?
ncell

काठमाडौं । आन्तरिक हवाई इन्धनको मूल्य घटेसँगै देशभरका सबै गन्तव्यको हवाई भाडा सस्तिएको छ। नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ कटौती गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले काठमाडौं केन्द्रित तथा बाहिरबाट हुने सबै उडानको हवाई भाडा घटाएका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले इन्धनको नयाँ मूल्य शुक्रबार (पुस १८)देखि लागू गर्न आन्तरिक वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएपछि भाडा समायोजन गरिएको हो। इन्धन शुल्क घटेसँगै यात्रुले तिर्ने कुल टिकट मूल्यमा प्रत्यक्ष राहत पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इन्धनको मूल्य घट्दा काठमाडौं विमानस्थल केन्द्रित उडान–अवतरणमध्ये धनगढी गन्तव्यमा सबैभन्दा बढी भाडा घटेको छ। उक्त गन्तव्यमा इन्धन शुल्क २६५ रुपैयाँले घटाइएको छ। यसअघि काठमाडौं–धनगढी रुटमा ५ हजार ९२० रुपैयाँ रहेको इन्धन शुल्क अब घटेर ५ हजार ६५५ रुपैयाँ कायम भएको छ, जसको प्रत्यक्ष असर भाडामा देखिएको हो।

त्यसैगरी, काठमाडौंबाट हुने प्रमुख उडानहरूमा पनि इन्धन शुल्कमा उल्लेख्य कटौती गरिएको छ। माउन्टेन फ्लाइटमा २१० रुपैयाँ, भद्रपुर १८० रुपैयाँ, विराटनगर १४० रुपैयाँ, जनकपुर ७५ रुपैयाँ, भरतपुर ६५ रुपैयाँ, पोखरा ९५ रुपैयाँ र भैरहवा १२५ रुपैयाँले इन्धन शुल्क घटाइएको छ। अन्य गन्तव्यतर्फ नेपालगन्जमा १९५ रुपैयाँ, तुम्लिङटारमा ११० रुपैयाँ, सिमरामा ५५ रुपैयाँ, सुर्खेतमा २१० रुपैयाँ र राजविराजमा १२५ रुपैयाँले इन्धन शुल्क घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
921SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?