National life

‘आम नागरिकले व्यापार व्यवसाय गर्न सक्ने वातावरण निर्माणमा सबै लाग्नु पर्छ’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ चैत २०८०, बिहिबार
512Shares
‘आम नागरिकले व्यापार व्यवसाय गर्न सक्ने वातावरण निर्माणमा सबै लाग्नु पर्छ’
ncell

काठमाडौँ । गृह र अर्थ मन्त्रालयको आयोजनामा पर्साको वीरगन्जमा राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रचलित कानुनको अधीनमा रहेर आम नागरिकले व्यापार व्यवसाय गर्न सक्ने वातावरण निर्माणमा सबै लाग्नुपर्ने बताए । उनले भने,‘राजस्व चुहावट नियन्त्रण, प्रतिबन्धित सामान नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले आ–आफ्नो जिम्मेवारीमा विशेष सक्रिय भएर कार्यसम्पादन गर्नुपर्छ ।’

गोष्ठीमा गृह सचिव एकनारायण अर्याल र अर्थ सचिव डा.

Royal Enfield
nic asia capital
कृष्ण हरि पुष्करले राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण कुनै एक मात्र निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा बताए ।

कार्यक्रममा भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख र मधेस प्रदेश सशस्त्र प्रहरी बल नेपालका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो कार्यालयको तर्फबाट प्रस्तुतीकरण गरेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?