National life

आर्थिक एजेन्डामा केन्द्रित हुँदै सरकार, निर्वाचन तयारीमा स्रोत सुनिश्चित

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०८ फागुन २०८२, शुक्रबार
860Shares
आर्थिक एजेन्डामा केन्द्रित हुँदै सरकार, निर्वाचन तयारीमा स्रोत सुनिश्चित
ncell

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचनका लागि आवश्यक स्रोत साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ कार्यक्रममा बोल्दै खनालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सफल बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

उनले वर्तमान सरकारको प्राथमिकता अब आर्थिक एजेन्डातर्फ केन्द्रित रहेको उल्लेख गर्दै राजनीतिक अस्थिरताको निरन्तर बहसबाट देशलाई बाहिर निकाल्नु नै अहिलेको सबैभन्दा ठूलो चुनौती भएको बताए। “राजनीतिक बहसभन्दा आर्थिक स्थायित्व र विकासतर्फ ध्यान दिनु जरुरी छ,” उनले भने।

Royal Enfield
nic asia capital

पर्यटन क्षेत्रको सन्दर्भमा अर्थमन्त्री खनालले अघिल्लो सरकारले पर्यटनलाई उद्योगसरह सुविधा दिने घोषणा गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको स्वीकार गरे। उनले पर्यटन क्षेत्रलाई पुनर्जीवित र प्रतिस्पर्धी बनाउन आवश्यक नीतिगत सुधार तथा सहजीकरणका पहल भइरहेको जानकारी दिए।

देशको अर्थतन्त्र सुदृढीकरणका लागि सरकारले वित्तीय अनुशासन, लगानी प्रवर्द्धन, निजी क्षेत्रसँग सहकार्य तथा संरचनागत सुधारका विभिन्न कदम अघि बढाएको उल्लेख गर्दै उनले आर्थिक उन्नयनलाई तीव्रता दिने दिशामा सरकार केन्द्रित रहेको बताए।

यो समाचार शेयर गर्नुहोस्
860SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?