National life
cg eloctronics

आर्थिक विधेयकको दफा ३३ संशोधन हुनेभएपछि अर्थमन्त्री पुनले गरे राष्ट्रिय सभा बहिष्कार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ असार २०८१, बिहिबार
459Shares
आर्थिक विधेयकको दफा ३३ संशोधन हुनेभएपछि अर्थमन्त्री पुनले गरे राष्ट्रिय सभा बहिष्कार
ncell

काठमाडौँ। बिहीबारका लागि बोलाएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । स्थगित बैठक ३० गतेका लागि सारिएको छ ।

उक्त बैठकमा आर्थिक विधेयकको दफा ३३ संशोधन हुने भएपछि अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभाको बैठक बहिष्कार गरेको बुझिएको छ । अर्थमन्त्री पुन अनुपस्थित हुने भएपछि अध्यक्ष नारायण दाहालले आजका लागि बोलाइएको बैठक स्थगित गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजेटसँगै ल्याइको आर्थिक विधेयकको प्रावधान संशोधन हुने भएपछि पुन राष्ट्रिय सभा नजाने बारेमा बोलेका थिए । शुक्रवार पुन नजाने भएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बैठक रोके । बजेटको एक अंशको प्रावधान प्रस्ताव गरेअनुसार पारित नहुने भएपछि पुनले राष्ट्रिय सभा बहिस्कार गरेका थिए ।

राष्ट्रिय सभाबाट विधेयकमाथिको संशोधन प्रस्ताव पारित भएको खण्डमा सरकार विश्वासको मत लिनुअघि नै नैतिक रूपमै कमजोर हुने अवस्थाको निर्माण भएको छ।

अर्थमन्त्रीले बजेटमा ल्याएका प्रावधानहरू माथिको संशोधन पास गर्ने बाटोमा कांग्रेस–एमाले अघि बढेपछि राष्ट्रिय सभाको बैठक नै स्थगित भएको तथा बैठक स्थगित गर्ने राष्ट्रिय सभाका अध्यक्षको कदम गलत भएको भन्दै कांग्रेस, एमाले, लगायतको दलले आपत्ति जनाएका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
459SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?