काठमाडौं । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।
शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् ।
मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् ।
अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् । हरेक विधाका विजेताले २५(२५ हजार नगद पुरस्कार हात पारे ।
































