National life

आसन्न निर्वाचनका विषयमा छलफल गर्न बालुवाटारमा सर्वपक्षीय बैठक आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१९ मंसिर २०८२, शुक्रबार
405Shares
आसन्न निर्वाचनका विषयमा छलफल गर्न बालुवाटारमा सर्वपक्षीय बैठक आह्वान
ncell

काठमाडौँ। आसन्न प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, स्वच्छ र समयमै सम्पन्न गर्ने लक्ष्यसहित सरकारले आज सर्वपक्षीय उच्चस्तरीय राजनीतिक संवाद आयोजना गर्न लागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको उक्त बैठकमा निर्वाचन प्रक्रिया, सुरक्षा व्यवस्था, राजनीतिक सहमति तथा सम्भावित चुनौतीबारे विस्तृत छलफल हुने सरकारी स्रोतले जनाएको छ।

बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज अपराह्न ४ बजेका लागि बोलाइएको हो। बैठकमा सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहनेछ।

Royal Enfield
nic asia capital
आसन्न निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलबाट उठ्दै आएका विभिन्न माग, निर्वाचन व्यवस्थापनसम्बन्धी तयारी तथा सुरक्षा संवेदनशीलताका विषयमा साझा धारणा बनाउन बैठक महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूलाई आमन्त्रण गरिएको छ। साथै निर्वाचन आयोगका पदाधिकारी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू पनि सहभागी हुनेछन्।

रावलका अनुसार बैठकको मुख्य एजेन्डा आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वासिलो बनाउने उपायहरूबारे सहमति जुटाउने रहनेछ। साथै, मतदान सुरक्षा योजना, आवश्यक स्रोत–साधनका व्यवस्था, मतदाता शिक्षा तथा निर्वाचन आचारसंहिताको कार्यान्वयनमा सबै दलको प्रतिबद्धता सुनिश्चित गर्ने उद्देश्य पनि रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
405SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?