National life

इट्टाभट्टाको पर्खाल भत्किंदा ललितपुरमा एक महिलाको ज्यान गयो, ४ जना घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०८ चैत २०८२, आइतबार
967Shares
इट्टाभट्टाको पर्खाल भत्किंदा ललितपुरमा एक महिलाको ज्यान गयो, ४ जना घाइते
ncell

काठमाडौं । ललितपुरमा रहेको एक इट्टाभट्टामा पर्खाल भत्किँदा एक महिलाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

ललितपुर महानगरपालिका–हरिसिद्धीस्थित होसना इट्टाभट्टामा पर्खाल ढलेको प्रहरीले जनाएको छ । उक्त घटनामा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार घटनामा अन्य चार जना पनि घाइते भएका छन् ।

Royal Enfield
nic asia capital
घाइते हुनेमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन् । उनीहरुलाई उपचारका लागि मेडीसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
967SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?