National life

इनिशा विकको बलात्कार पछि हत्या प्रकरण : मुख्य अभियुक्तविरुद्ध जन्मकैद मागदाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|११ चैत २०८२, बुधबार
1KShares
इनिशा विकको बलात्कार पछि हत्या प्रकरण : मुख्य अभियुक्तविरुद्ध जन्मकैद मागदाबी
ncell

काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। प्रहरीले बुधबार अनुसन्धान प्रक्रिया पूरा गर्दै प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनमा घटनास्थलबाटै पक्राउ परेका एक किशोरलाई मुख्य अभियुक्तका रूपमा उल्लेख गर्दै जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा जन्मकैद सजाय मागदाबी गरिएको स्रोतले जनाएको छ। यसैगरी, अन्य तीन किशोरविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ।

Royal Enfield
nic asia capital

प्रहरीका अनुसार ती तीन जना घटनापछि बेहोस अवस्थामा पुगेकी इनिशालाई समयमै उपचारका लागि अस्पताल नपुर्‍याएको कारण जिम्मेवार ठहर गरिएको हो।

प्रहरीले डिएनए, मोबाइल ट्यापसम्बन्धी फरेन्सिक तथा टक्सिकोलोजी रिपोर्ट आउन बाँकी रहेकै अवस्थामा अनुसन्धान प्रतिवेदन बुझाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका एक प्रतिनिधीका अनुसार केही परीक्षण नेपालमै सम्भव नभएकाले नमूना विदेश पठाइएको र रिपोर्ट प्राप्त हुन बाँकी रहेको जनाएका छन्।

“ती रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण थप स्पष्ट रूपमा पुष्टि गर्न सहज हुनेछ,” उनले बताए। टक्सिकोलोजी परीक्षणले शरीरमा कुनै विषालु पदार्थ वा औषधि प्रयोग भएको/नभएको पनि देखाउने समेत उल्लेख गरेका छन् ।

इनिशा फागुन २३ गते बिहान ट्युसन पढ्न घरबाट निस्किएकी थिइन्। सोही दिन वीरेन्द्रनगर नगरपालिका–१ स्थित सामुदायिक वन क्षेत्रभित्रको पार्कमा उनी मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक पोष्टमार्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको देखाएको थियो।

घटनापछि परिवारले अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै शव बुझ्न अस्वीकार गरेका छन्। परिणामस्वरूप, १९ दिनदेखि उनको शव कर्णाली प्रादेशिक अस्पतालमा राखिएको छ। यसअघि पनि प्रहरीले मुख्य रूपमा एक जना किशोर मात्रै प्रत्यक्ष संलग्न रहेको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको थियो। यद्यपि, घटनामा संलग्न सबै दोषीमाथि कडा कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन भएका थिए। जनप्रतिनिधिहरूले समेत निष्पक्ष र गहिरो छानबिनको आवश्यकता औंल्याएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?