National life

इपिएस उत्पादन क्षेत्रमा भाषा परीक्षा आजदेखि, पहिलो चरणमा ६७ हजार परीक्षार्थी सहभागी

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०१ मंसिर २०८२, सोमबार
1.2kShares
इपिएस उत्पादन क्षेत्रमा भाषा परीक्षा आजदेखि, पहिलो चरणमा ६७ हजार परीक्षार्थी सहभागी
ncell

काठमाडौँ । वैदेशिक रोजगार विभागअन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरण भाषा परीक्षा सोमबार (मंसिर १) देखि सुरु हुँदैछ। सन् २०२५ मा इपिएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षाका लागि आवेदन दिएका एक लाख दुई हजारमध्ये उत्पादन क्षेत्रमा परेका ६७ हजार जनाको परीक्षा पहिलो चरणमा सञ्चालन गर्न लागिएको हो।

इपिएस शाखाका अनुसार हाल रोस्टरमा परेका धेरै युवाले आफूहरूलाई प्राथमिकता दिएर कोरिया लैजानुपर्ने माग गर्दै परीक्षा स्थगित गर्न आग्रह गरिरहेका छन्। तर, कोरिया र नेपाल दुवै देशबीचको तयारीअनुसार उत्पादनमूलक क्षेत्रको भाषा परीक्षा दुई महिनाभित्र सक्नेगरी अघि बढाइएको शाखाले जनाएको छ।

Royal Enfield
nic asia capital
भाषा परीक्षासम्बन्धी सूचना सोमबार दुवै देशले एकै पटक सार्वजनिक गर्ने तयारी छ।

कुल एक लाख दुई हजार ५१५ जना परीक्षार्थीमध्ये पहिलो चरणमा उत्पादन क्षेत्रका परीक्षार्थीलाई प्राथमिकता दिइएको शाखाले जनाएको छ। कृषि र पशुपालन क्षेत्रमा परेका ३५ हजार परीक्षार्थीका लागि भने अर्को चरणमा परीक्षा मिति तोकिने तयारी भइरहेको छ।

पछिल्लो समय दक्षिण कोरियाले इपिएसका १७ सदस्य राष्ट्रमध्ये नेपालबाट सबैभन्दा ठूलो संख्यामा श्रमिक माग गर्दै आएको छ। नेपालमा आन्तरिक कारणले भाषा परीक्षा ढिलाइ भएमा नेपाललाई दिइँदै आएको श्रमिक कोटा अन्य देशमा सारिने जोखिमसमेत रहेको इपिएस शाखाले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?