National life
cg eloctronics

उपचार खर्च जुटाउन साम्बाको अपिल, एन्फाले दिएन साथ

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|११ फागुन २०८२, सोमबार
861Shares
उपचार खर्च जुटाउन साम्बाको अपिल, एन्फाले दिएन साथ
ncell

काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)ले आफ्नो घुँडाको जटिल शल्यक्रियाका लागि आम समर्थकसँग आर्थिक सहयोगको अपिल गरेकी छिन्।

आफूलाई अभिभावक ठानेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले अपेक्षित सहयोग नगर्दा उनी सामाजिक सञ्जालमार्फत आम समर्थकसँग आर्थिक सहयोगको अपिल गर्न बाध्य भएकी हुन्।

सावित्राको पछिल्लो चोट घुँडाको एसीएल र एमसिएलमा छ, जहाँ पहिल्यै गरिएको शल्यक्रियाका ग्राफ्टहरूमा समस्या देखिएको छ। यस कारणले उनलाई पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तीन साताअघि नै न्युजिल्यान्डको क्लबको पहलमा सावित्राको शल्यक्रियाको मिति तय भएको थियो। तर, एन्फाले आफ्नै तर्फबाट सम्पूर्ण प्रक्रिया व्यवस्थापन गर्ने आश्वासन दिएपछि उनले क्लबको प्रक्रिया रोकिन्। विडम्बना, लामो समयपछि एन्फाले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिएकोले उनको उपचारमा ढिलाइ भएको हो।

सावित्राले आफ्ना समर्थकहरूसँग आग्रह गर्दै शल्यक्रिया र लामो समयको रिह्याबका लागि आर्थिक सहयोग आवश्यक परेको सामजिक सञ्जालमा लेखेकी छन् । “मैले आफ्नो करियरमा सधैं चुनौतीको सामना गर्दै आएको छु। अब पुनः मैदानमा फर्किन तपाईंहरूको सहयोग चाहिन्छ।”

उनले QR कोड वा बैंकमार्फत आम समर्थकहरूसँग सहयोगको अपील गरेकी छन्।

यो समाचार शेयर गर्नुहोस्
861SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?