National life

एक साताभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौँ महानगरको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ फागुन २०८०, बुधबार
355Shares
एक साताभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौँ महानगरको आग्रह
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्रमा एक साताभित्र खाली गर्न आग्रह गर्दै एक सूचना जारी गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ ९१० ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको ले ललिता निवास खाली गराउन महानगरले सक्रियता थालेको हो ।

तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने चेतावनी समेत महानगरले दिएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
355SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?