National life
cg eloctronics

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ साउन २०८१, बिहिबार
533Shares
एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको लाभांश घोषणा
ncell

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’को लाभांश घोषणा भएको छ ।

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया डाईनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई गत आव २०८०र८१ का लागि लाभांश घोषणा गरिएको हो ।

एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त योजनाका लागि इकाईधनीहरुलाई १० प्रतिशत(करसहित) नगद लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश वितरण प्रयोजनका लागि कम्पनीले साउन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन १६ गतेसम्म कायम इकाईधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । यो योजनाका ईकाईधनीहरुले प्रतिफल रकमबराबरले हुन आउने रकम समायोजित खुद सम्पत्ति मूल्यमा पुनः लगानी गर्न सकिने योजना सञ्चालनमा रहेकाले उक्त योजनामा सहभागी हुन चाहने योग्य इकाईधनीहरुले साउन ३२ गतेसम्म आफ्नो नाम दर्ता गराउन कम्पनीले आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि नै लाभांश पुनः लगानी योजनामा दर्ता भएका तथा साउन ३२ गतेसम्म दर्ता गर्ने इकाईधनीहरुको प्राप्त प्रतिफलबराबरको इकाई सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा सोझै पठाइने व्यवस्था मिलाइएको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले जनाएको छ । यस्तै उक्त योजनामा सहभागी नहुने इकाईधनीहरुको हकमा साउन ३२ गतेपश्चात लाभांश रकम(प्रतिफल)हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?