National life

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, कहिलेसम्म पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२५ फागुन २०८२, सोमबार
1.1kShares
एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, कहिलेसम्म पाइन्छ ?
ncell

काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि आवेदन दिने समय थप गरेको हो। अब स्थानीय बासिन्दाले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ।

Royal Enfield
nic asia capital
यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ७० हजार कित्ता सेयर छुट्याइएको छ। स्थानीयका लागि निष्कासन गरिएको सेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता सेयर उच्च प्रभावित क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ। यो हिस्सा ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ र ८ का बासिन्दाले पाउनेछन्।

त्यस्तै, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता सेयर मध्यम प्रभावित क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ। यसअन्तर्गत सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर २ र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ का बासिन्दा समेटिएका छन्। यस्तै, बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ। यसमा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ र गोकुलगंगा गाउँपालिका वडा नम्बर १ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय ओखलढुङ्गाबाट आवेदन दिन सक्नेछन्। साथै लक्ष्मी सनराइज बैंकका किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकको खिजिदेम्बा (ओखलढुङ्गा) शाखा तथा सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?