National life
cg eloctronics

एमाले फागुन २१ को निर्वाचनमा सहभागी नहुने,ज्ञवाली र शाक्यको प्रतिवाद

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|३१ असोज २०८२, शुक्रबार
1.2kShares
एमाले फागुन २१ को निर्वाचनमा सहभागी नहुने,ज्ञवाली र शाक्यको प्रतिवाद
ncell

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी नहुने उद्घोष गरेका छन् । आज पार्टी केन्द्रीय समितिको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेका हुन् ।

गत बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक आज सकिएको छ । ओलीको निर्वाचनमा सहभागी नहुने उद्घोषको उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरेका थिए । उपाध्यक्षद्वयले ओलीको घोषणामा फरक मत राखेपछि केहीबेर होहल्ला भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केन्द्रीय कमिटी बैठकमा ओलीले आफ्नो काँधमा जिम्मेवारी रहेको उल्लेख गर्दै त्यो पूरा नगरी नेतृत्व नछोड्ने बताएका छन् ।

‘५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ, मेरो काँधमा जिम्मेवारी छ , त्यो पूरा नगरी छोड्दिनँ । मेरो राजीनामा महाधिवेशनमा छलफल गरौला, प्रतिनिधीहरुसँग फैसला मागौँला । पार्टीलाई तिक्तता साथ नलगौँ, मित्रतासाथ जाऔँ । अपराधीहरू बाहिर छन्, हतियार बाहिर छ,’ओलीले भने ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?