National life

एसियाली जासुसद्वारा ३७ देशका सरकारी सञ्जाल ह्याक, प्रधानमन्त्री कार्यालयमा समेत जासुसी

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२३ माघ २०८२, शुक्रबार
987Shares
एसियाली जासुसद्वारा ३७ देशका सरकारी सञ्जाल ह्याक, प्रधानमन्त्री कार्यालयमा समेत जासुसी
ncell

काठमाडौँ । साइबर सुरक्षासम्बन्धी अनुसन्धान गर्ने संस्था ‘युनिट ४२’ ले अन्तर्राष्ट्रिय स्तरको एक गम्भीर साइबर जासुसी गतिविधि सार्वजनिक गरेको छ।

अनुसन्धानअनुसार एसियाली क्षेत्रमा सक्रिय रहेको टीजीआर–एसटीए–१०३० नामक ह्याकर समूहले विश्वका ३७ मुलुकका ७० भन्दा बढी सरकारी निकाय तथा संवेदनशील पूर्वाधार प्रणालीहरूमा अवैध रूपमा प्रवेश गर्न सफल भएको छ।

यस अभियान अन्तर्गत नेपालस्थित प्रधानमन्त्री कार्यालयदेखि जर्मनी, चेक गणतन्त्र र ब्राजिलका विभिन्न मन्त्रालयसम्म लक्षित गरिएको पाइएको छ।

ह्याकरहरूले ‘स्याडो–गार्ड’ भनिने नयाँ प्रकारको लिनक्स आधारित रुटकिट प्रयोग गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

Royal Enfield
nic asia capital
उक्त प्रविधिले कम्प्युटरभित्र रहेका फाइल र सूचनालाई सुरक्षा प्रणालीको नजरबाट लुकाउन सक्ने क्षमता राख्छ।

विश्लेषणले देखाएअनुसार समूहको मुख्य निशाना आर्थिक कूटनीतिक छलफल, सैन्य गतिविधिका विवरण तथा खानीजस्ता प्राकृतिक स्रोतसँग सम्बन्धित गोप्य तथ्यांक संकलन गर्नु रहेको छ।

उता, अमेरिकी साइबर सुरक्षा निकायले उक्त समूहको गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गरी यस्तो साइबर खतरा नियन्त्रण गर्न प्रयास भइरहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
987SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?