National life

ओली पक्राउ गर्नुको कारण खुलाउन सरकारलाई सर्वोच्चको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१६ चैत २०८२, सोमबार
984Shares
ओली पक्राउ गर्नुको कारण खुलाउन सरकारलाई सर्वोच्चको आदेश
ncell

काठमाडौं। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन पक्राउ गरिएको भन्ने विषयमा सरकारलाई स्पष्टीकरण दिन आदेश दिएको छ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त कारण देखाऊ आदेश जारी गरेको हो। यसअघि ओलीकी पत्नी राधिका शाक्यले आफ्नो पति गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।

भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीको कार्यशैलीमाथि प्रश्न उठेको थियो।

Royal Enfield
nic asia capital
यस घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानको लागि सिफारिस गरेको थियो।

सिफारिसको आधारमा शनिबार बिहान दुवै नेतालाई पक्राउ गरिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
984SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?