National life

‘ओली मात्रै कानूनभन्दा माथि बस्ने, पहिलाको त्यस्तो थियो,अब त्यस्तो हुँदैन ।’

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०३ कात्तिक २०८२, सोमबार
923Shares
‘ओली मात्रै कानूनभन्दा माथि बस्ने, पहिलाको त्यस्तो थियो,अब त्यस्तो हुँदैन ।’
ncell

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कानूनभन्दा माथि नभएको बताएका छन् । ओलीमाथि अनुसन्धान हुनसक्ने संकेत गर्दै उनले अब पहिले जस्तो नहुने बताएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विपिन जोशीको श्रद्धाञ्जलीसभामा जाने क्रममा सोमबार दिउँसो सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ओलीलाई काठमाडौं बाहिर जान नदिने कुरा सरकारले नभएर न्यायिक जाँचबुझ आयोगले भनेको प्रस्ट पारे ।

ओलीले आइतबार मात्र आफू उपत्यका बाहिर जाँदा कसले रोक्छ हेर्छु भन्दै सरकारलाई चुनौती दिएका थिए ।

Royal Enfield
nic asia capital
त्यसको भोलिपल्ट गृहमन्त्री अर्यालले उनलाई काउन्टर दिएका हुन् ।

ओलीले आफू बाहिर जाँदा कसले रोक्छ भनेर चुनौती दिएका छन् नि भन्ने प्रश्नमा अर्यालले भने, ‘ओलीलाई उपत्यका बाहिर जान रोक लगाएको आयोगले गरेको हो । आयोगलाई भन्नुपर्‍यो नि, सरकारले गरेको होइन नि उहाँलाई ।’

ओलीले आफूलाई समाएर देखाउन चुनौती दिएको प्रश्नमा गृहमन्त्री अर्यालले भने, ‘त्यो कानून मान्दिनँ भनेको हो ? ओली मात्रै कानूनभन्दा माथि बस्ने, पहिलाको त्यस्तो थियो, अब त्यस्तो हुँदैन ।’

यो समाचार शेयर गर्नुहोस्
923SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?