National life

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२४ कात्तिक २०८२, सोमबार
1KShares
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
ncell

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको आज बसेको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो।

बोर्डका अनुसार यस वर्षको पूरक परीक्षामा ७३ दशमलव ४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। कुल १ लाख ४ हजार २६ जना मध्ये ७६ हजार ३ सय ६७ जना विद्यार्थीले परीक्षा उत्तीर्ण गरेका हुन्।

गत असोज ७ र ८ गते देशभर एकैसाथ परीक्षा सञ्चालन गरिएको थियो।

Royal Enfield
nic asia capital
यसअघि गत साउन ११ गते सार्वजनिक गरिएको नियमित नतिजामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए। नियमित परीक्षामा ३ लाख ९० हजार ८ सय ४७ जना विद्यार्थी सहभागी भएका थिए, जसमा १ लाख ९६ हजार ९१४ जना छात्रा र १ लाख ९३ हजार ९३३ जना छात्र थिए।
नियमित परीक्षा वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन गरिएको थियो।

विद्यार्थीहरूले आफ्नो नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np

वा neb.gov.np मा गई हेर्न सक्नेछन्। त्यसैगरी नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np
बाट पनि नतिजा उपलब्ध छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?