National life

कक्षा १२ को प्रश्न पत्र आउट गरेका शिक्षक घिमिरे र ज्ञवाली पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ जेठ २०८१, सोमबार
613Shares
कक्षा १२ को प्रश्न पत्र आउट गरेका शिक्षक घिमिरे र ज्ञवाली पक्राउ
ncell

काठमाडौँ । वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षा सञ्चालनको क्रममा प्रश्न पत्र आउट गर्ने शिक्षक केशव घिमिरे र विकास ज्ञवाली पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बागलुङ ग्वालीचौर ८ घर भई हाल ललितपुर उपमहानगरपालिका बस्दै आएका ३१ वर्षीय घिमिरे र पाल्पा रिडिकोट घर भई हाल काठमाडौँ महानगरपालिका १६ बस्ने २४ वर्षीय ज्ञवालीलाई आइतबार टेकु चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका घिमिरे र ज्ञवालीलाई राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको समयमा काठमाडौँ जिल्लाका केही परीक्षा केन्द्रहरूमा प्रश्न पत्र र त्यसको उत्तरहरू आदान प्रदान गर्ने÷गराउने कार्यमा संलग्न रहेको आरोप छ।

उनीहरूले विभिन्न विद्यालयका शिक्षकहरू समेतलाई मोबाइलको माध्यमबाट परीक्षाको मर्यादा भङ्ग हुने, प्रश्न पत्रको गोपनीयता भङ्ग हुने गरी परीक्षाको प्रश्न पत्रहरू ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, भाइवरलगायतमा विभिन्न ग्रुप बनाइ सोमार्फत प्रश्न पत्रको गोपनीयता भङ्ग तथा परीक्षाको मर्यादा विपरीतका कार्यमा संलग्न रहेको प्रहरीको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
613SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?