National life
cg eloctronics

कतारी राजासँग सम्झौता हुने भनिएको मध्ये हात्ती उपहार सम्झौता आज नहुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ वैशाख २०८१, बुधबार
554Shares
कतारी राजासँग सम्झौता हुने भनिएको मध्ये हात्ती उपहार सम्झौता आज नहुने
ncell

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच आज औपचारिक भेटवार्ता हुने भएको छ ।

बिहान १० बजेपछि होटल सोल्टीमा उक्त सम्झौता हुनेछ। उक्त भेटवार्तामा विभिन्न ६ वटा विषयमा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिने कार्यसूची तयार भएको हो। आज शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा हस्ताक्षर हुने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुनेछ । यस्तै अन्य विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

कतारी अमिर र प्रधानमन्त्री प्रचण्ड नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचार विमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र कतारबिचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

दुई देशबिच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेका परराष्ट्र मन्त्रालयको भनाई छ । त्यस्तै चर्चामा रहेको कतारी राजालाई हात्ती उपहार विषयमा सम्झौता नुहेन र प्रधानमन्त्रीले हात्ती दिने भनेर घोषणा मात्रै गर्ने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रिय कानुनको प्रक्रिया पूरा गर्न बाँकी भएकाले हात्ती उपहार दिने विषयमा सम्झौता नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्झौता हस्ताक्षर पश्चात् प्रधानमन्त्री प्रचण्डले होटल द्वारिकामा दिवा भोजको कार्यक्रम आयोजना गर्नेछन् । कतारी टोली आज दिउँसो कतार फर्किने  कार्यक्रम रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?