National life

काँकरभिट्टा नाकाबाट आयात बढ्यो, निर्यात घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
545Shares
काँकरभिट्टा नाकाबाट आयात बढ्यो, निर्यात घट्यो
ncell

काठमाडौं  । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट आयातमा वृद्धि भए पनि निर्यात भने उल्लेख्य मात्रामा घटेको छ। मेची भन्सार कार्यालयका अनुसार साउन–भदौमा रु ८ अर्ब १९ करोड १ लाख बराबरका मालसामान आयात भएका छन्। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ९ प्रतिशत (रु ६८ करोड ८ लाख) बढी हो। गत वर्ष सोही अवधिमा आयात रकम रु ७ अर्ब ५० करोड ९२ लाख थियो।

Royal Enfield
nic asia capital

निर्यातमा २० प्रतिशतभन्दा बढी गिरावट

आयात बढेको विपरीत चालु वर्षको पहिलो दुई महिनामा निर्यात भने घटेको छ। यस अवधिमा रु ३ अर्ब ६ करोड ३७ लाख बराबरका वस्तु निर्यात भएका छन्। गत आवमा सोही अवधिमा निर्यात रकम रु ३ अर्ब ८६ करोड २८ लाख रहेकोमा चालु वर्ष करिब २०.६९ प्रतिशत ले कमी आएको छ।

मुख्य आयात–निर्यात वस्तु

निर्यात हुने वस्तु : अलैँची, चिया, फलामे पाता, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत। आयात हुने वस्तु : पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत।

राजस्व संकलनमा वृद्धि

काँकरभिट्टा नाकाबाट आयात–निर्यात व्यापारमार्फत चालु आवको दुई महिनामा रु २ अर्ब ६२ करोड ९५ लाख १८ हजार राजस्व संकलन भएको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८.६२ प्रतिशत (रु २० करोड ८६ लाख ९ हजार) बढी हो।

यो समाचार शेयर गर्नुहोस्
545SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?