National life

कांग्रेसको कडाइ : बहाल जनप्रतिनिधिलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१८ मंसिर २०८२, बिहिबार
409Shares
कांग्रेसको कडाइ : बहाल जनप्रतिनिधिलाई आगामी निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय
ncell

काठमाडौं। नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि कुनै तहका बहाल रहेर निर्वाचित जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। यससम्बन्धी मापदण्ड स्पष्ट पार्दै कांग्रेस केन्द्रीय कार्यालयले मातहतका सबै संरचनामा परिपत्र पठाएको छ।

परिपत्रअनुसार राष्ट्रिय सभा र प्रदेश सभामा हाल कार्यरत जनप्रतिनिधिको नाम उम्मेदवारका रूपमा सिफारिस गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। परिपत्रमा भनिएको छ, “राष्ट्रिय सभामा बहाल रहनुभएका माननीय सांसदहरूको नाम उम्मेदवारका रूपमा सिफारिस गर्न पाइने छैन।

Royal Enfield
nic asia capital
प्रदेश सभामा बहाल रहनुभएका सदस्यहरूको नाम पनि सिफारिस गर्न नपाइनेछ।”

यसअघि पठाइएको १० बुँदे मापदण्डमा २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई समेत सिफारिस गर्न सकिने भनिएको थियो। तर, नयाँ परिपत्रमार्फत पार्टीले आफ्नो नीति कडाइ गर्दै उनीहरूलाई समेत सिफारिस सूचीबाट बाहिर राख्ने निर्णय गरिएको हो।

यस्तै, २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित व्यक्ति, साथै प्रदेश सभा समानुपातिक बन्द सूचीमा परेका व्यक्तिलाई समेत उम्मेदवार सिफारिस नगर्न निर्देशन दिइएको छ। कांग्रेसले आगामी निर्वाचनमा नयाँ नेतृत्व तथा नयाँ अनुहारलाई प्राथमिकता दिनका लागि यस्तो कदम उठाएको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
409SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?