National life

कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा,एमालेको भागमा अर्थ मन्त्रालय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ असार २०८१, मङ्गलबार
624Shares
कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा,एमालेको भागमा अर्थ मन्त्रालय
ncell

काठमाडौं। नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता-सहकार्यको लागि नयाँ समझदारी बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेगरि कांग्रेसले एमालेसँग सत्ता सहकार्यको लागि आज राति अबेर सहमति गरेको हो ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्यको सहमति भएसँगै मन्त्रालयको भागबण्डासमेत टुँगो लागेको छ। दुई दलबीच भएको सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

Royal Enfield
nic asia capital
ओलीले डेढ वर्ष र कांग्रेस सभापति शेरबहादुर देउवाले बाँकी समय सरकारको नेतृत्व गर्ने समझदारी बनेको हो ।

दुई दलबीच कांग्रेसले १० र एमालेले ९ वटा मन्त्रालय लिने पनि सहमति भएको छ । कांग्रेसले गृह मन्त्रालय लिने सहमति भएको छ भने एमालेले अर्थ मन्त्रालय राख्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?