National life

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यातायात तीन दिनका लागि बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१८ असोज २०८२, शनिबार
486Shares
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यातायात तीन दिनका लागि बन्द
ncell

काठमाडौं । सरकारले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

देशका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेको र आगामी दिनहरूमा अझै भारी वर्षा हुने उच्च सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा यो निर्णय गरिएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १८, १९ र २० गते तीन दिनका लागि काठमाडौं उपत्यकामा सवारी आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ।

यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारीसाधनसहित उपत्यका भित्रिने र बाहिरिने सबै प्रकारका सवारी चल्न नपाउने प्राधिकरणले जनाएको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
486SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?