National life
cg eloctronics

काठमाडौं महानगरले धरहरा क्षेत्रको पार्किङ व्यवस्थापन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०८ फागुन २०८२, शुक्रबार
872Shares
काठमाडौं महानगरले धरहरा क्षेत्रको पार्किङ व्यवस्थापन गर्ने
ncell

काठमाडौं । काठमाडौंको प्रसिद्ध धरहरा क्षेत्रको सवारी साधन पार्किङको संचालन र व्यवस्थापन अब काठमाडौं महानगरपालिकाको जिम्मेवारीमा रहने भएको छ। शुक्रबार धरहरा क्षेत्रमा भएको बैठकमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाबीच पार्किङ व्यवस्थापन महानगरलाई दिने सहमति भएको हो।

सहमति अनुसार, धरहराभित्रको पार्किङ संचालन र सुरक्षा व्यवस्थापन नगरप्रहरी बलले गर्नेछ। पार्किङसँग सम्बन्धित अन्य आवश्यक सुरक्षा र व्यवस्थापनका काम पनि महानगरले सम्हाल्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैठकले धरहरा क्षेत्रको सञ्चालन र व्यवस्थापनका लागि तत्काल र दीर्घकालीन योजना तयार गर्ने उद्देश्यले अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ। यस समितिले अध्ययन, विश्लेषण र सुझावसहितको प्रतिवेदन पेश गर्नेछ। समितिमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरका प्रतिनिधिहरू समावेश रहनेछन्।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहरा बाहिरी संरचनासम्बन्धी आवश्यक कामहरू महानगरले गर्ने जानकारी दिइन्। उनले संघीय सरकारलाई धरहराको सम्पूर्ण सञ्चालन महानगरमा हस्तान्तरण गर्न आग्रह गरिसकेको पनि बताइन्।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
872SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?