National life

काठमाडौं-७ मा प्रमुख ४ दलबीच चुनावी टक्कर, कसले मार्ला बाजी ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१८ फागुन २०८२, सोमबार
897Shares
काठमाडौं-७ मा प्रमुख ४ दलबीच चुनावी टक्कर, कसले मार्ला बाजी ?
ncell

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । देशभर चुनावी माहोल सिर्जना भइरहेका बेला केही निर्वाचन क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । ती नै निर्वाचन क्षेत्रहरूमध्ये एक हो काठमाडौं क्षेत्र नम्बर–७ ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–७ मा यसपटक चुनावी प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।

Royal Enfield
nic asia capital
यस क्षेत्रमा कुल २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, जसमा ११ जना स्वतन्त्र उम्मेदवार नै छन् ।
स्वतन्त्रसँगै अन्य विभिन्न राजनीतिक दलबाट पनि पुराना तथा नयाँ अनुहारबीच यसपटक दरो प्रतिस्पर्धा हुने भएको छ ।

रास्वपाले भत्काएको थियो एमालेको किल्ला

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका थिए । उनले ८ हजार ७४३ मत प्राप्त गर्दै जीत हात पारेका थिए । पराजुली यसपटक पनि रास्वपाबाटै फेरि चुनावी मैदानमा छन् ।

https://aarthikvoice.com/archives/83966

अघिल्लो निर्वाचनमा उनका मुख्य प्रतिस्पर्धी रहेका ६ हजार ८ सय मत ल्याएका नेकपा एमालेका श्यामकुमार घिमिरे र ६ हजार ६३ मत प्राप्त गरेकी नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराई भने यसपटक प्रतिस्पर्धामा छैनन् ।

मानुषी यमी भट्टराईले प्रतिस्पर्धा गरेको यही क्षेत्रबाट उनकी आमा हिसिला यमीले २०७० सालको निर्वाचन लडेकी थिइन् । यस क्षेत्रलाई पहिले एमालेको बलियो आधार क्षेत्र मानिन्थ्यो, जहाँ रामवीर मानन्धरले २०७० र २०७४ मा लगातार जीत निकालेका थिए । तर २०७९ मा भने वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त प्रभाव तोडेको थियो ।

https://aarthikvoice.com/archives/83541

अघिल्लो चुनावमा गठबन्धनका कारण उम्मेदवार नउठाएको नेपाली कांग्रेसले यसपटक प्रमोदहरि गुरागाईंलाई उम्मेदवार बनाएको छ । गुरागाईं कांग्रेस महामन्त्री गगन थापानिकट नेता मानिन्छन् ।

यसैगरी नेकपा एमालेबाट प्रकाश श्रेष्ठ उम्मेदवार बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालकुमार लामा तथा नेकपाबाट वसन्तप्रसाद मानन्धर पनि प्रतिस्पर्धामा छन् । यी तीनै जना यसअघि पनि चुनावी मैदानमा देखिएका परिचित अनुहार हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट फेरि गणेश पराजुलीकै उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार गणेश पराजुली एमालेको किल्ला भत्काउँदै यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यसमेत बनेका थिए । ४६ वर्षीय पराजुली स्नातक तहसम्म शिक्षित छन् ।

वैकल्पिक राजनीतिक शक्तिको प्रतिनिधित्व गर्दै उनी भ्रष्टाचारविरुद्ध सुशासन र जवाफदेहितालाई मुख्य चुनावी एजेण्डा बनाएर मतदातामाझ पुगेका छन् ।

https://aarthikvoice.com/archives/82333

उनको चुनावी नारा ‘भ्रष्टाचार होइन, जवाफदेहिता हाम्रो प्रतिबद्धता’ रहेको छ । निर्वाचन लक्षित सम्पर्क कार्यालय विस्तार गर्दै उनले सक्रिय प्रचार अभियान सञ्चालन गरिरहेका छन् ।

यसअघि पनि चुनाव जितिसकेका पराजुली यसपटक पनि वैकल्पिक राजनीतिप्रतिको बढ्दो आकर्षणका कारण बलिया उम्मेदवारका रूपमा चुनौती दिइरहेका छन् ।

एक दशकपछि नेपाली कांग्रेसका उम्मेदवार चुनावी मैदानमा उत्रिए

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका प्रमोदहरि गुरागाईं यस क्षेत्रका नयाँ चुनावी अनुहार हुन् । उनी पहिलोपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

https://www.youtube.com/watch?v=50jHZoJg4ig&t=26s

५१ वर्षीय गुरागाईं सरस्वती क्याम्पसका पूर्व प्राध्यापक हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी नेपाल विद्यार्थी संघ ९नेविसंघ० का पूर्व नेता तथा कांग्रेसको विशेष महाधिवेशनमार्फत केन्द्रीय सदस्य बनेका व्यक्ति हुन् ।

स्नातकोत्तर तहसम्म अध्ययन गरेका गुरागाईं ‘विवेकशील मतदाता, जवाफदेही नेतृत्व’ नारासहित चुनावी अभियानमा छन् ।

करिब एक दशकपछि कांग्रेसले काठमाडौं–७ मा आफ्नै उम्मेदवार उठाएकाले यस निर्वाचनलाई पार्टीका लागि विशेष अवसरका रूपमा हेरिएको छ ।

प्रदेशसभामा मन्त्रीसमेत भइसकेका प्रकाश श्रेष्ठको एमालेबाट उम्मेदवारी

काठमाडौं–७ बाट एमालेका उम्मेदवार रहेका प्रकाश श्रेष्ठ यसअघि प्रदेशसभा निर्वाचनमा विजयी भई प्रदेश मन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । सोही निर्वाचन क्षेत्र काठमाडौं–७ प्रदेशसभा २ बाट ५ हजार २१८ मतसहित विजयी भएका श्रेष्ठ बागमती प्रदेश सरकारमा उद्योग तथा कृषि मन्त्री बनेका थिए ।

प्रदेश सांसदको कार्यकाल बाँकी रहँदै उनले पदबाट राजीनामा दिई संघीय संसदको चुनावमा प्रतिस्पर्धा गरेका हुन् । सार्वजनिक जग्गा संरक्षण, सांस्कृतिक सहर विकास तथा एकीकृत सहरी व्यवस्थापन उनका मुख्य चुनावी एजेण्डा रहेका छन् ।

४७ वर्षीय श्रेष्ठ स्नातक तहसम्मको शैक्षिक योग्यता भएका नेता हुन् ।

पूर्व प्रदेशसभा सदस्य वसन्त मानन्धर नेकपाबाट चुनावी मैदानमा

नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका वसन्त मानन्धर पनि पूर्व प्रदेशसभा सदस्य हुन् । उनी तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट काठमाडौं–७ (क)  क्षेत्रबाट ५ हजार ८६६ मतसहित निर्वाचित भएका थिए ।

५४ वर्षीय मानन्धर स्नातक तह उत्तीर्ण नेता हुन् । प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका उनी स्थानीय राजनीतिक अनुभव र संगठनात्मक आधारलाई चुनावी बलका रूपमा प्रस्तुत गरिरहेका छन् ।

अन्य पार्टीबाट को–को छन् उम्मेदवार ?

अन्य दलका तर्फबाट राष्ट्रिय जनमोर्चाबाट दीर्घकुमार श्रेष्ठ, नेकपा (संयुक्त)बाट गुणबहादुर बन्जारा क्षेत्री, नेपाल मजदुर किसान पार्टीबाट गणेशमाया डंगोल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अमिन रत्न ताम्राकार, राष्ट्रिय एकता दलबाट विनोदकुमार गुरुङ तथा जय मातृभूमि पार्टीबाट बैकुण्ठ फुयालको उम्मेदवारी रहेको छ ।

https://www.youtube.com/watch?v=qRNPKQEtIGo&t=702s

यस्तै, श्रम संस्कृति पार्टीबाट मणिरामबहादुर प्रधान, नेकपा (माओवादी)बाट दीपक मानन्धर, उज्यालो नेपाल पार्टीबाट विमला लामा, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट दिपीन पन्त, जनता समाजवादी पार्टी नेपालबाट बाबुराम लामा तथा आम जनता पार्टीबाट प्रदीप भट्टराई चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यस्तो छ निर्वाचन क्षेत्रको राजनीतिक संरचना, काठमाडौं–१६ बन्न सक्छ निर्णायक

काठमाडौं क्षेत्र नम्बर–७ अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नं. १६, १७, १८ र २५ नागार्जुन नगरपालिकाका वडा नं. १, २ र ३ तथा तारकेश्वर नगरपालिकाका वडा नं. ३, ४ र ५ पर्दछन् ।

सबैभन्दा बढी मतदाता काठमाडौं महानगरपालिका–१६ मा रहेका छन् । त्यसकारण काठमाडौं–१६ ले निर्णायक भूमिका खेल्न सक्ने सम्भावना रहेको छ ।

त्यसकारण वडा नम्बर १६ मा प्रमुख उम्मेदवारमध्ये अधिकांशको राजनीतिक गतिविधि केन्द्रित देखिन्छ ।

यही क्षेत्रमा रास्वपाको केन्द्रीय कार्यालयसमेत रहेको छ ।

समग्र रूपमा हेर्दा काठमाडौं क्षेत्र नम्बर–७ मा यसपटक भारी प्रतिस्प्रर्धा हुने देखिएको छ । पुराना स्थापित राजनीतिक दल, वैकल्पिक शक्तिको दाबी गरिरहेको रास्वपा तथा स्वतन्त्र उम्मेदवारहरूको उल्लेख्य उपस्थितिले यहाँको चुनावी समीकरण अत्यन्तै जटिल बनेको छ।

https://aarthikvoice.com/archives/84254

विगतमा एमालेको प्रभाव रहेको यो क्षेत्रमा पछिल्लो निर्वाचनमा रास्वपाले एमालेको किल्ला भत्काएको देख्दा मतदाता भोट परिवर्तन गर्न सक्षम रहेका देखिन्छ । विशेषगरी काठमाडौं महानगरपालिका–१६ को मत परिणामले जित–हारको दिशा तय गर्ने सम्भावना रहेकाले उम्मेदवारहरुले यस क्षेत्रमा विशेष प्राथमिकता दिइरहेका छन् । प्रचार प्रसार अभियान तीव्र छ ।

मतदाताको झुकाव अन्तिम घडीसम्म स्पष्ट नदेखिएकाले काठमाडौं–७ मा कसले बाजी मार्ला भन्ने प्रश्न अझै अनुत्तरित छ तर प्रभावशाली नेताहरुको उम्मेद्वारीका कारण यस क्षेत्रलाई चाँसोका साथ हेरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
897SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?