National life

कालिञ्चोक दर्शनको लाभांश घोषणा, सञ्चालक शिवाकोटीको राजीनामा स्वीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|११ मंसिर २०८२, बिहिबार
454Shares
कालिञ्चोक दर्शनको लाभांश घोषणा, सञ्चालक शिवाकोटीको राजीनामा स्वीकृत
ncell

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश सहित कुल ५।२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

Royal Enfield
nic asia capital

कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी ११औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

यसैगरी, सोही बैठकले सञ्चालक समितिका सदस्य दिपक राज शिवाकोटीले पेस गरेको राजीनामा स्वीकृत गरेको छ। उनी मंसिर १० गतेदेखि पदमुक्त हुने गरी राजीनामा स्वीकार गरिएको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?