काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमााले माओवादीसहितको अहिलेका सत्ता गठबन्धनले यो वर्षको माघ महिनापनि कटाउन नसक्ने ठोकुवा गरेका छन् । आज इलामको उपनिर्वाचनविशेष पार्टीको सभालाई सम्बोधन गर्ने क्रममा थापाले यस्तो दाबी गरेका हुन् ।
उनले भने,”म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताको अगाडि भन्न सक्छु कि आज २०८१ सालको बैशाख ८ गते हो आज, अहिले भनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरुको बीचमा फेरि जवाफ दिन आउँछु ।”
उनले चुनावको अघि गठबन्धन जनतालाई धोका भएको पनि टिप्पणी गरे ।
सो क्रममा उनले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको पनि आलोचना गरेका थिए । उनले आफूहरु जनताका मुद्दा उठाउँदा गाली आउँछ भने त्यो खान तयार भएको भन्दै राजाको शासनको बेलामा गोली खान तयार हुनेलाई सञ्जालमा आउने गालीले केही फरक नपर्ने बताए ।


































