National life
cg eloctronics

‘गरिखान देउ’अभियानका संयोजक ढुंगानाले भोली नयाँ पार्टी घोषणा गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|३१ असोज २०८२, शुक्रबार
1.1kShares
‘गरिखान देउ’अभियानका संयोजक ढुंगानाले भोली नयाँ पार्टी घोषणा गर्ने
ncell

काठमाडौँ । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले नयाँ राजनीतिक पार्टी घोषणा गर्ने भएका छन्।

ढुंगानाले शनिबार दिउँसो १ बजे काठमाडौँको होटल एभरेस्टमा पत्रकार सम्मेलन आयोजना गरी पार्टीको औपचारिक घोषणा गर्ने तयारी भइरहेको ढुंगानाले बताएका छन् ।

ढुंगानाले हालै सार्वजनिक गरेको भिडियो सन्देशमा भनेका छन् “अब पार्टी खोल्नै पर्ने अवस्था आएको छ, त्यसका लागि वार्ता समिति सक्रिय रूपमा काम गरिरहेको छ।”

ढुंगानाले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’लाई देशमा परिवर्तन ल्याउने ऐतिहासिक कदमका रूपमा व्याख्या गर्दै आफूहरू अझ दृढ भएर शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ढुंगानाले भनेका छन् “यो आन्दोलन देशको मुहार फेर्ने अभियान हो, यस्तो अवसर बारम्बार आउँदैन। विकास र परिवर्तन चाहने सबै नेपालीले अब एकजुट हुनुपर्छ।”

देशको राजनीतिक र आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै ढुंगानाले भनेका छन्, “देश अहिले गम्भीर मोडमा छ, अहिलेसम्म ७८ जना नेपालीले आफ्नो ज्यान गुमाइसकेका छन्। देश निकास खोजिरहेको छ, र त्यस निकास दिन हामी जिम्मेवारीपूर्वक अघि बढ्नेछौँ।”

उनले आफ्ना समर्थक र आम नागरिकलाई देश परिवर्तनको अभियानमा जोडिन आह्वान गर्दै नयाँ पार्टीले शान्तिपूर्ण तर प्रभावकारी वैकल्पिक राजनीति गर्ने विश्वास व्यक्त गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?