National life
cg eloctronics

गुटबन्दी भए आफू पनि हेरेर नबस्ने अध्यक्ष ढकालको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१७ चैत २०८२, मङ्गलबार
875Shares
गुटबन्दी भए आफू पनि हेरेर नबस्ने अध्यक्ष ढकालको चेतावनी
ncell

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचन नजिकिँदै गर्दा वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको अभिव्यक्तिले निजी क्षेत्रभित्रको राजनीतिक परिदृश्यमा हलचल मच्चाएको छ।

ढकालले आफ्नो बयानमा भावी अध्यक्ष, हाल वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलाई गुटबन्दी नगरी तटस्थ रहन आग्रह गरेका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था भएकाले अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि पक्का अध्यक्ष मानिन्छन्। तर श्रेष्ठले प्यानल बनाएर चुनावी गतिविधि चलाइरहेका छन्, जुन विधानको मर्मअनुरूप नरहेको ढकालको भनाई छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षको प्रणालीलाई नेतृत्व हस्तान्तरण सहज र विवादरहित बनाउन लागू गरिएको स्मरण गराउँदै भने, “यो व्यवस्था नेतृत्व तयार गर्न र तटस्थ बनाएर आगामी अध्यक्षलाई सहज नेतृत्व सुनिश्चित गर्ने हेतुले बनाइएको हो। तर अहिले यसलाई दुरुपयोग गरिएको देखिन्छ।”

ढकालका अनुसार, श्रेष्ठले निर्वाचनमा आफ्नो निश्चित समूहलाई केन्द्रित गर्दै प्रचार सामग्री (पम्पलेट) वितरण गरेका छन्, जसले महासंघभित्रको आन्तरिक लोकतन्त्र र आगामी नेतृत्वको निष्पक्षतामा प्रश्न उठाएको छ।

उनी अझै पनि सर्वसम्मत नेतृत्वको पक्षमा रहेको बताए, तर यदि श्रेष्ठले आफ्नै प्यानलको पक्षमा गए, भने ढकालले पनि अर्को पक्षको खुलेर समर्थन गर्ने चेतावनी दिएका छन्।

ढकालले आफ्नो तीन वर्षे कार्यकालमा मुख्य पाँच एजेण्डा सफल भएको दाबी गर्दै आगामी कार्यसमितिलाई नयाँ एजेण्डा प्रस्तुत गर्न कठिन हुने बताएका छन्। विशेषगरी निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनको रणनीति कार्यान्वयन हुनु उनको कार्यकालको ठूलो उपलब्धि रहेको ढकालको भनाइ छ।

उनले उल्लेख गरे, “हाल करिव दुई–तिहाइको सरकार रहेको अवस्थामा महासंघको विभाजन दुर्भाग्यपूर्ण हुनेछ। हाम्रो शक्ति एकतामा छ र गुटबन्दीले सरकारसँगको बार्गेनिङ क्षमता कमजोर पार्छ।”

निर्वाचनको अन्तिम चरणमा ढकालले आफ्नै उत्तराधिकारीलाई दिएको चेतावनीले चुनावी समीकरणमा ठूलो प्रभाव पार्ने देखिन्छ। यदि श्रेष्ठले गुटबन्दी परित्याग गर्दै तटस्थता देखाए महासंघमा सहमति कायम हुन सक्छ, अन्यथा ढकाल आफैं अर्को गुटको नेतृत्व गर्दै मैदानमा ओर्लन सक्ने स्थिति छ।

निर्वाचन आउँदो हप्ता हुने भएकाले महासंघको नेतृत्वमा सर्वसम्मत निर्णय हुन्छ कि दुई धार बीच प्रतिस्पर्धा हुन्छ भन्ने कुरा नतिजाले निर्धारण गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
875SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?