National life

गुप्ता परिवारद्धारा शिवरात्रीमा ७ हजार भक्तजनहरुलाई निःशुल्क भोजन वितरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
1.2kShares
गुप्ता परिवारद्धारा शिवरात्रीमा ७ हजार भक्तजनहरुलाई निःशुल्क भोजन वितरण
ncell

काठमाडौं । वि.स.२०४८ सालमा स्थापित गुप्ता परिवारले महाशिवरात्रीको अवसर पारेर पशुपति मन्दिर परिसरमा उपस्थित ७ हजार भक्तजनहरुलाई निःशुल्क भोजन ग्रहण गराएको छ । विगत ३२ वर्षदेखि निरन्तर निःशुल्क भोजन वितरण गराउँदै आएको उक्त परिवारले आफ्नो परम्परालाई यसपालि पनि कायम राखेको जनाएको हो ।

Royal Enfield
nic asia capital

संस्थाका अध्यक्ष गणेश गुप्ताले फागुन (२२ गतेदेखि २६) गते पाँचदिनसम्म निःशुल्क भोजन गराएको बताए । उनले आफूहरुले पुरानो परम्परा कायम गर्दा आत्म सन्तुष्टि मिलेको बताउँदै पशुपतिनाथकै कृपाले आफूहरुले त्यति दान गर्न सफल भएको र भगवानको आर्शिवाद सधै कायम रहोस् अपेक्षा व्यक्त गरेका छन् ।

गुप्ता परिवारले यस अघि पनि विगतमा दुई पटक राम नवमीको अवसर पारेर पवित्र तिर्थस्थल जनकपुरमा वि.स. २०५१ सालमा र वि.स.२०५२ सालमा पनि यस्तै निःशुल्क भोजनको व्यवस्था गरेको अध्यक्ष गुप्ताले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?