काठमाडौं। रास्वपा नेतृत्वको नयाँ सरकारमा चार मन्त्रीको जिम्मेवारी पक्का भइसकेको स्रोतले बताएको छ।
स्रोतका अनुसार, गृह मन्त्रालयको जिम्मेवारी सुदन गुरुङलाई दिइएको छ। लामो छलफल र राजनीतिक छलपछपछि सुदनको नाम अन्ततः तय भएको हो। जेनजी आन्दोलनपछि चर्चामा आएका उनी सरकारको सबैभन्दा प्रभावशाली मन्त्रालय सम्हाल्ने भएका छन्।
प्रारम्भमा रास्वपा सभापति रवि लामिछाने उपसभापति डीपी अर्याललाई गृह मन्त्रालय दिने योजना बनाएका थिए भने बालेन्द्र शाहले सुनील लम्साललाई अघि सारेका थिए। तर सुदनले आफू गृह मन्त्री बन्ने दाबी गरेपछि अन्ततः यो निर्णय भएको बुझिएको छ।
अन्य मन्त्रालयमा अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, र कानून मन्त्रालयमा सोविता गौतमलाई फाइनल गरिएको छ।































