National life
cg eloctronics

गोल्याण ग्रुपको नयाँ अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्याण चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२६ मंसिर २०८२, शुक्रबार
887Shares
गोल्याण ग्रुपको नयाँ अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्याण  चयन
ncell

काठमाडौं । नेपालको अग्रणी व्यावसायिक समूह गोल्याण ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्याण अध्यक्ष गोल्याण चएन भएका छन्। करिब एक दशकदेखि ग्रुपको प्रबन्ध निर्देशकका रूपमा कार्यरत रहेका उनले अब ६० वर्षको व्यावसायिक विरासत बोकेको यस समूहलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउने जिम्मेवारी पाएका छन्। नेतृत्व हस्तान्तरणलाई ग्रुपभित्र रणनीतिक रूपान्तरण र नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ।

वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उपाध्यक्ष बासुदेव गोल्याणले अक्षयलाई सञ्चालक समिति अध्यक्षका रूपमा चयन गरिएको औपचारिक घोषणा गरेका थिए । कार्यकारी अधिकारसहित प्रबन्ध निर्देशक र अध्यक्ष दुवै भूमिकाको नेतृत्व एकीकृत हुनुन्जुले ग्रुपको दीर्घकालीन विस्तार, सुशासन र विश्वव्यापी उपस्थिति बलियो बन्ने विश्वास विज्ञप्तिमा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एषाडे (ESADE) विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेका अक्षय गत ९ वर्षदेखि उत्पादन, ऊर्जा, कृषि र हस्पिटालिटीलगायत ग्रुपका प्रमुख व्यापारहरूलाई प्रत्यक्ष नेतृत्व गर्दै आएका छन्। उनले ग्रुपलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउँदै दिगो विकास, नवप्रवर्तन र संस्थागत सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

सञ्चालक समितिले संस्थापक अध्यक्ष पवन गोल्याणलाई ‘सम्मानित अध्यक्ष’ तथा ‘प्रमुख संरक्षक’को सम्मान प्रदान गरेको छ। नेपालको औद्योगिक विकास र ग्रुपको वृद्धिमा पवन गोल्याणले पुर्‍याएको योगदानलाई कदर गर्दै उक्त भूमिकाबाट निरन्तर मार्गदर्शन प्राप्त हुने नवनियुक्त अध्यक्षले बताएका छन् । युवा नेतृत्व र अनुभवी मार्गदर्शनको संयोजनले ऊर्जा, कृषि, उत्पादन र निर्यात क्षेत्रका परियोजनालाई अझ सशक्त बनाउने ग्रुपले विश्वास व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
887SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?