National life

घटस्थापनासँगै उपत्यका छाड्नेको बढ्यो लर्काे

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८२, सोमबार
428Shares
घटस्थापनासँगै उपत्यका छाड्नेको बढ्यो लर्काे
ncell

काठमाडौं । बडादशैंको पहिलो दिन घटस्थापनासँगै राजधानी उपत्यकाबाट गाउँ फर्किने यात्रुको संख्या ह्वात्तै बढेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको २४ घण्टाको अवधिमा ४३ हजारभन्दा बढी यात्रु उपत्यका छाडेका छन् । सोही अवधिमा करिब २८ हजार यात्रु काठमाडौं भित्रिएका छन् ।

ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र सिंह गुरुका अनुसार आजदेखि यात्रु बाहिरिने क्रम अझै बढ्ने अनुमान गरिएको छ ।

Royal Enfield
nic asia capital
निजी कार्यालय, विद्यालय र कलेजहरूमा दशैं बिदा सुरू भइसकेकाले गाउँ फर्किनेको चाप बढ्दै गएको हो । सरकारी कार्यालयमा भने फूलपातीको दिनदेखि मात्रै औपचारिक बिदा सुरू हुनेछ ।

हाल बसपार्क र उपत्यकाका नाकाहरूमा अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । तर, केही दिनअघि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा त्यसको असर अझै देखिएको छ । सडक खुलिसकेकाले चाप क्रमशः सामान्य हुँदै जाने विश्वास ट्राफिक प्रहरीले व्यक्त गरेको छ ।

सुरक्षा स्थिति सामान्य बनेपछि र दशैं सुरु भएसँगै उपत्यका छाड्नेहरूको संख्या दिनप्रतिदिन बढ्ने अनुमान गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
428SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?