National life

ङादी ग्रुप पावरको लाभांश घोषणा, साधारण सभा कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०३ मंसिर २०८२, बुधबार
440Shares
ङादी ग्रुप पावरको लाभांश घोषणा, साधारण सभा कहिले ?
ncell

काठमाडौँ। ङादी ग्रुप पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ४.७५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ।

Royal Enfield
nic asia capital
उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २५ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ।

साधारण सभाले बोनस सेयर वितरणपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव समेत छिनोफानो गर्नेछ। साथै, संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ।

यसबाहेक, चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालकहरूको नियुक्ति अनुमोदन तथा समितिबाट भएका कार्य–कारवाही पुष्टि गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू मात्रै लाभांश प्राप्ति र साधारण सभामा सहभागी हुन योग्य रहनेछन्।

यो समाचार शेयर गर्नुहोस्
440SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?