National life
cg eloctronics

चन्द्रमाको साउथ पोलमा चिनियाँ मानवरहित यान अवतरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० जेठ २०८१, आइतबार
456Shares
चन्द्रमाको साउथ पोलमा चिनियाँ मानवरहित यान अवतरण
ncell

काठमाडौं । चीनले मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा पहिलो पटक अवतरण गरेको सूचना बाहिर निकालेको छ। यसअघि चन्द्रमाको उक्त क्षेत्रमा जान कसैले पनि जान प्रयास गरेका थिएनन् ।

चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन सीएनएसएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेइजिङको समय अनुसार बिहान ६स्२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।’

मे ३ बाट चीनले सुरु गरेको यो अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो संकलन गरी पृथ्वीमा ल्याउनु हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू संकलन गर्न कामयाव यो सफलता ऐतिहासिक रहेको टिप्पणी भइरहेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र बनेको हो ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित एउटा ठूलो क्रेटरमा चिनियाँ मानवरहित अन्तरिक्ष यान अवतरण भएको हो ।

सीएनएनले चन्द्रमामा अन्तरिक्ष यात्रीहरू राख्ने देशको आकांक्षालाई अगाडि बढाउने चीनको महत्वाकांक्षी अभियानको लागि महत्वपूर्ण सफलता भनेको छ । एक प्रमुख अन्तरिक्ष शक्ति बन्ने चीनको चाहनामा यो एक कोषेढुंगा बन्ने उसले टिप्पणी गरेको छ ।

चन्द्रमाको सुदूर छेउमा सफलतापूर्वक पुग्ने अभियानलाई चीनले पहिलो पटक सन् २०१९ मा चाङ’ई(४ यान पठाएर सुरु गरेको थियो । यो विषयले अहिले अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाइरहेको अवस्था छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?