National life
cg eloctronics

चार महिनामा भ्रमण व्यय ११.८% बढ्यो, २८ अर्ब विदेशियो

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२१ पुस २०८२, सोमबार
847Shares
चार महिनामा भ्रमण व्यय ११.८% बढ्यो, २८ अर्ब विदेशियो
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) अवधिमा विदेश भ्रमणमा जाने नेपालीले करिब २८ अर्ब रुपैयाँ खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा कुल भ्रमण व्यय ११.८ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार उक्त भ्रमण व्ययमध्ये शिक्षातर्फको खर्च ४८ अर्ब २६ करोड रुपैयाँ रहेको छ। यस आधारमा खुद घुमफिर (पर्यटन) प्रयोजनमा भएको खर्च २७ अर्ब ४८ करोड रुपैयाँ हाराहारी पुगेको देखिन्छ। उता, सोही अवधिमा विदेशी पर्यटकबाट हुने आम्दानी ०.९ प्रतिशतले वृद्धि भएको छ। साउनदेखि कात्तिकसम्म पर्यटन आम्दानी २७ अर्ब १५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल भ्रमण व्यय ६७ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो भने शिक्षातर्फको खर्च ३७ अर्ब ७७ करोड रुपैयाँ थियो। यसबाट चालु आवमा विदेश अध्ययन र भ्रमण खर्च उल्लेखनीय रूपमा बढेको देखिन्छ ।

यसैबीच, समीक्षा अवधिमा मुलुकको खुद सेवा आय ३२ अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने खुद सेवा आय घाटा २२ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो, जसले सेवा क्षेत्रमा घाटा थप गहिरिँदै गएको संकेत गर्छ।

यो समाचार शेयर गर्नुहोस्
847SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?