National life
cg eloctronics

चार महिनामा वीरगन्ज भन्सारबाट लक्ष्यको ८५ % राजस्व संकलन, कात्तिकमा सुस्तता

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०८ मंसिर २०८२, सोमबार
471Shares
चार महिनामा वीरगन्ज भन्सारबाट लक्ष्यको ८५ % राजस्व संकलन, कात्तिकमा सुस्तता
ncell

ठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा वीरगञ्ज भन्सार कार्यालयले ७५ अर्ब ५८ करोड राजस्व संकलन गरेको छ ।

उल्लेखित कार्यालयलाई चालु आवको चार महिनामा ८९ अर्ब २४ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको भएपनि उक्त अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको हो। चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व संकलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व संकलनमा सुस्तता देखिएको छ ।

कात्तिक महिनामा जेनजी आन्दोलन, छठपर्व, बाढीलगायतका कारणले पनि राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयको भनाई छ । कात्तिक महिनामा २३ अर्ब ६३ करोड लक्ष्य राखिएकामा सो अवधिमा १७ अर्ब ३३ करोड राजस्व संकलन भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड, भदौ महिनामा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड र कात्तिक महिनामा भने १७ अर्ब ३३ करोड राजस्व संकलन भएको छ । समाचारको आधारमा हेडलाइन

यो समाचार शेयर गर्नुहोस्
471SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?