काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घन्टा बन्द रहने भएको छ।
सडकखण्डको तुइनखोलामा खसेको पहिरो हटाउन सडक बन्द गर्न लागिएको हो। यहाँ खसेको पहिरो ४५ घन्टापछि आइतबार अपराह्नदेखि एकतर्फी रूपमा खुला गरिएको थियो।
अब थप पहिरो हटाएर सडक दुईतर्फी खुला गर्ने तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालय चितवनको निर्णयअनुसार, आज दिउँसो १ बजेदेखि अपराह्न ३ बजेसम्म सडक बन्द रहने जानकारी सडक डिभिजन भरतपुरले दिएको छ।
सवारी साधन रोकेर दुई घन्टा पहिरो हटाउने कार्य गरिनेछ।


































