National life

चुनावको संघारमै युवापलायन तीव्र : छ महिनामा झन्डै ६ लाख युवा बाहिरिए

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|११ माघ २०८२, आइतबार
995Shares
चुनावको संघारमै युवापलायन तीव्र : छ महिनामा झन्डै ६ लाख युवा बाहिरिए
ncell

काठमाडौं। नेपालमा प्रतिनिधिसभा निर्वाचनको संघारमै देश छोड्दै विदेशिने युवाहरूहरुको संख्यामा तीव्र बृद्धि भएको छ। पछिल्लो छ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या झन्डै ६ लाख पुगेको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म कुल ५ लाख ९० हजार ७ सय १८ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

विभागका अनुसार यो संख्या अघिल्ला वर्षको सोही अवधिको तुलनामा उल्लेख्य मानिन्छ।

Royal Enfield
nic asia capital
रोजगारी, आयआर्जन तथा आर्थिक अवसरको खोजीमा नेपालीहरू ठूलो संख्यामा विदेशिने क्रम निरन्तर रहेको तथ्यांकले देखाएको छ।

यस अवधिमा कागजातबिना विदेशमा काम गर्दै आएका १४१ जना नेपालीलाई वैधानिकीकरण गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। तथ्यांकअनुसार कुल श्रम स्वीकृति लिनेहरूमध्ये १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जसले वैदेशिक रोजगारीमा निरन्तरता दिने श्रमिकको संख्या पनि ठूलो रहेको देखाउँछ। यस्तै, सरकार- सरकार (जी टु जी) प्रक्रियामार्फत ४ हजार ८ सय ६६ जना नेपाली इजरायल, दक्षिण कोरिया तथा बेलायत गएका छन्।

विभागको विवरणअनुसार व्यक्तिगत श्रम स्वीकृति लिएर ६४ हजार २ सय ६२ जना नेपाली विदेशिएका छन् भने सबैभन्दा ठूलो संख्या ३ लाख २५ हजार ४ सय ७ जना म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका छन्। यसले वैदेशिक रोजगारीमा म्यानपावर कम्पनीको भूमिका अझै प्रमुख रहेको देखिन्छ।

वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स नेपाली अर्थतन्त्रको प्रमुख आधार बनेको भए पनि ठूलो संख्यामा युवाशक्ति विदेशिनु दीर्घकालीन रूपमा देशभित्रको श्रम बजार, उत्पादनशीलता र सामाजिक संरचनामा असर पार्न सक्ने देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
995SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?