काठमाडौँ। पछिल्लो समयमा चर्चामा रहेको सहकारीको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउने विषयमा शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
शीर्ष नेतासहित कार्यदल सदस्यहरूको बैठक आज बिहान नौ बजेबाट सुरु भएको छ । बैठकका लागि नेताहरू अहिले बालुवाटार पुगेका छन् । बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’,एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका शीर्ष नेता सहभागी भएका छन् ।
यी शीर्ष नेता बाहेक रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछाने समेत सहभागी भएका छन् ।
आजको बैंठकले छानबिन समितिको कार्यादेशमा रहेका विमतिलाई सहमतिमा लैजाने नेताहरूको विश्वास छ । सहमति गर्दा पीडितलाई न्याय दिने गरी र बचतको सुरक्षा गर्ने गरी नै छलफल हुने सहभागी नेताहरूको भनाई छ ।

































