National life

छुट्ला है ! सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असोज २०८२, आइतबार
1KShares
छुट्ला है ! सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले जारी गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिन आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ ३० गतेदेखि आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको रु.१०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको हो।

जारी गरिएको सेयरमध्ये ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ।

Royal Enfield
nic asia capital
बाँकी कित्तामा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयमार्फत वा मेरो सेयर अनलाइन पोर्टलमार्फत समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले वहन गरेको छ।

यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको थियो। उक्त चरणको आईपीओको बाँडफाँड भइसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?