National life

जम्मा गर्न थालियो जेन्जी प्रदर्शनमा आगजनी गरिएका सवारीसाधन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असोज २०८२, बुधबार
361Shares
जम्मा गर्न थालियो जेन्जी प्रदर्शनमा आगजनी गरिएका सवारीसाधन
ncell

काठमाडौँ । जेन्जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका सवारी साधन संकलन थालिएको छ। दुईपांग्रे र चारपांग्रे गाडीहरू टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको कम्पाउन्ड र कपनस्थित प्रहरी प्रभागमा राख्न सुरु गरिएको हो।

काठमाडौँ महानगरपालिकाले प्रभावित मालिकहरूलाई आफ्ना सवारीसाधनको विवरण लिन टेकु वा कपनमा सम्पर्क गर्न आग्रह गरेको छ। भदौ २३ र २४ मा प्रदर्शनकारीहरूले काठमाडौँ उपत्यकामा ठूलो सङ्ख्यामा गाडीमा आगजनी र तोडफोड गरेका थिए।

Royal Enfield
nic asia capital

प्रहरीका १२१ वटा गाडीमा आगजनी हुँदा ११७ पूर्ण रूपमा जलेका छन् भने ४ वटा आंशिक क्षति पुगेका छन्। त्यस्तै, १५८ वटा दुईपांग्रे सवारी साधनमा आगजनी भएको छ। साथै, साइबर ब्युरोका ४ वटा, रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा राखिएका सशस्त्र प्रहरीका ३ वटा र राष्ट्रिय अनुसन्धान विभागको एउटा गाडीमा पनि आगजनी गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
361SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?