काठमाडौँ। काठमाडौँको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजा घरका दुई जना सञ्चालकलाई पक्राउ परेका छन् । उनीहरूलाई नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दार्चुला घर भएका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाहीको हरिवन घर भएकी ३७ बर्सिया कान्छीमाया घिसिङ छन् । नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
नाबालिगहरूलाई ‘वेटरको काम दिन्छौँ’ भनेर ल्याएर त्रास देखाउँदै वेश्यावृत्ति गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । आरोपीहरूले एक जना ग्राहकबाट ५ हजार देखी ८ हजारसम्म असुल्ने गरेको प्रहरीको भनाई छ


































