National life

जिम्मेवारी पूरा नगर्ने १४ निर्माण कम्पनी कालो सूचीमा, के हुन्छ सजाय ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८२, बिहिबार
722Shares
जिम्मेवारी पूरा नगर्ने १४ निर्माण कम्पनी कालो सूचीमा, के हुन्छ सजाय ?
ncell

काठमाडौं । जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने १४ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको सो कार्यालयले बुधबार सूचना जारी गर्दै विभिन्न निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको छ।

कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, “सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको छ।”

कालो सूचीमा परेका कम्पनीहरूलाई ६ महिनादेखि एक वर्षसम्म सार्वजनिक खरिद सम्बन्धी कुनै पनि बोलकबोल, ठेक्का वा खरिद प्रक्रियामा भाग लिन रोक लगाइने भएको छ।

Royal Enfield
nic asia capital
यससँगै, कार्यालयले सार्वजनिक निकायलाई ती कम्पनीसँग नयाँ सम्झौता नगर्न र ठेक्का प्रक्रियामा सहभागी गराउन नपाइने स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
722SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?